Logo

Breaking News 1

मेलम्चीको पानी चाँडो काठमाडौं पुर्‍याऔँ : सभामुख



सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौं पुर्‍याउन आग्रह गरेका छन् । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१, अम्बाथानको आइतबार निरीक्षण गर्दै उनँले सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगको समेत निरीक्षण गरे । मेलम्चीको पानी काठमाडौं लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन् ।

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए । उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत अधिकारी थिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : २० बजे