Logo

Breaking News 1

भ्रष्टाचारमा अन्य दलको संलग्नताले राप्रपाको पक्षमा जनमत बढ्दै गयो : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले, आफ्नो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका छन् ।

आइतबार धुम्बाराहीमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताहरूको संलग्नता देखिनाले राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले सबै दलका नेताहरु मिसन ८४ भनेर हिँडिरहेका अवस्थामा राप्रपालाई मिसन ८४ कुर्ने छुट नभएको बताए ।

उनले राप्रपाले केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने दाबी गरे ।

उनले आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्नुपर्ने धारणा राख्दै राप्रपा नेतृत्वमाथि योजनाबद्ध रूपमा भइरहेको बदनाम रोकिनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : ५० बजे