Logo

मुख्य समाचार

छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो



काठमाडौँ । आज पुस १ गते ।  काठमाडौंमा छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो ।  नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट ¥याली समेत निकालेको हो । ¥याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।

नेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो ।

२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : ३४ बजे