काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पछिल्लो समयमा सबै क्षेत्रमा निष्ठाको कमी आउनु समाजका लागि ठूलो चुनौती र चिन्ताको विषय भएको बताएकी छन् ।
प्रदर्शनीमार्गमा शनिबार आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौं साधारण सभामा बोल्दै उनले निष्ठापूर्वक बस्ने मानिस पछाडि पर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । यस्तो प्रवृित्तलाई हटाउनु समाजकै लागि चुनौती बनेको उनले बताइन् ।
यस्तै, राजनीतिक आन्दोलनहरुले व्यवस्था परिवर्तन गर्दै गर्दा संस्कार संस्कृतिमा पनि आवश्यक परिवर्तन भने गर्न नसकेको उनले बताइन । व्यवस्थाको सुदृढीकरणका लागि फेरि एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको उनको भनाइ थियो ।
उनले यस क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
प्रतिक्रिया