Logo

Breaking News 1

संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनायाे : प्रधानमन्त्री



हेटौँडा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताएका छन् । जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताएका हुन् ।

हेटौँडामा शनिबार आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहासमा नै पहिलोपटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमका अभियन्ताहरुले राज्यले गरेको काम गरिरहेका बताए । उक्त कार्यमा सहयोग गर्न आफू मातहतबाट पहल भइरहेको र त्यसका लागि सरकारका मन्त्री र सचिवहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

नेपालबाट विश्वभर मानवताको सन्देश दिन सम्भव रहेको प्रधानमन्त्री प्रचण्डले बताए । उक्त कार्यका लागि हामी सबैको मुख्य उद्देश्य मानव सेवा हुनुपर्ने उनले धारणा व्यक्त गरे । मानवसेवा भन्दा माथिको विचार सिद्धान्त नै नभएको उनले दावी गरे । मानवसेवा आश्रमलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ नगद उपलब्ध गराउने सम्बन्धमा प्रयत्नरत रहेको उनले बताए । 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १ : ५४ बजे