काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् ।
शुक्रवार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । उनले नेपाल मुलतः पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको बताए ।
उनले कृषिको आधुनिकीकरण,व्यवसायीकीकरण,वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको बताए ।
उनले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताए । अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको बताए ।
प्रतिक्रिया