Logo

Breaking News 1

साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन्छः बालेन शाह


२९ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अबको साढे तीन वर्षभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने बताएका छन् ।

शुक्रबार २९औँ महानगर दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोगको आग्रह गर्दै अबको साढे तीन वर्षभित्र फोहोरको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ३९ बजे