Logo

Breaking News 1

विगतका अनुभवलाई ध्यान दिँदै संसदलाई प्रभावकारी बनाऔंः सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले सचिवालयलाई प्रभावकारी पार्नको लागि विगतका अनुभवहरुलाई लिँदै जिम्मेदारीका साथ अगाडि बढ्नु पर्ने बताएका छन् ।

१७औं संघीय संसद सेवा दिवस–२०८० को अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले संसदलाई प्रभावकारी कसरी बनाउन विगतको अनुभवलाई ध्यान दिँदै जिम्मेवारीपूर्ण तरिकाले काम गर्नुपर्ने बताएका हुन् ।

अबको योजना संसदलाई प्रभावकारी बनाउने खालको हुनुपर्ने सभामुख घिमिरेको भनाइ छ ।

संसदको गरिमा उच्च राख्न स्थायी रुपमा काम गरिरहेको सचिवालयलाई प्रभावकारी पार्नका लागि विगतका अनुभवहरुलाई लिँदै जिम्मेदारीका साथ अगाडि बढ्न उनले आह्वान गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संघीय संसदका कर्मचारीहरुले नेताहरुका कारण दुःख पाएको बताए । मन्त्री गुरुङले संघीय संसदका कर्मचारीहरुको सेवा सुविधाबारे ध्यानाकर्षण भएको बताउँदै यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।

साँझ ५ बजेसम्म चल्नुपर्ने संसद विहान ५ बजेसम्म चल्दा पनि कर्मचारीले धैर्य र तदारुकताका साथ काम गरेको भन्दै उनले प्रशंसा गरे । कर्मचारीले गरेको मेहेनत र परिश्रम अतुलनिय रहेको बताए ।

यसैगरी, उपसभामुख इन्दिरा राना मगरले संसद भनेको कानून निर्माण गर्ने र संशोधन गर्ने थलो भएको हुनाले महत्वपूर्ण रहेको बताइन् ।

नेताहरुले विभिन्न देशमा गएर ज्ञान लिने मौका पाउने उल्लेख गर्दै उनले भनिन्, ‘कर्मचारीहरुले पनि सिक्न आवश्यक हुन्छ, त्यसकारण यस्तो कार्यक्रमहरु हुनुपर्छ ।’

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : ५२ बजे