Logo

समाचार

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु



विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ मा ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ ।

उर्लाबारी–१ स्थित खेतमा माटो लोड गरी सडकतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १०५६ नम्बरको ट्याक्टरबाट लडेर सहचालक मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय नैन श्रेष्ठ घाइते भएका थिए ।

उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक मिक्लाजुङ–९ का भागिरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : ३४ बजे