Logo

Breaking News 1

विवाह पञ्चमीको पहिलो दिन यसरी झुम्यो जनकपुर (फोटो फिचर)



काठमाडौं । जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन ‘नगर दर्शन’ गराइएको छ ।

मंगलबारदेखि सुरु भएको विवाह पञ्चमीमा जानकी मन्दिरको प्रांगणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको हो ।

त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको हो । नगर दर्शन अवलोकनका लागि पुगेका दर्शक एवं दर्शनार्थीहरु दिनभर झुमेर रमाएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १० : ३० बजे