Logo

Breaking News 1

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् ।

उनले कांग्रेसको राजनीतिमा सक्रिय हुन राजीनामा दिएको बताए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे दबाब झेल्न नसकेर राजीनामा दिएको हुन सक्ने जनाइएकाे छ ।

थानी २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ४१ बजे