Logo

Breaking News 1

आजको विश्वमा शान्तिको आवश्यकता बढ्दै गएको छ : प्रधानमन्त्री दाहाल 



नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् ।

नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व मानव जाति रहेसम्म नसकिने भन्न्दै आजको विश्वमा शान्तिको महत्व झन धेरै भएको बताए ।

प्रधानमन्त्री दाहालले विश्व समुदायलाई रामग्रामबाट विश्व शान्तिका निम्ति अपिल समेत गरेका छन् ।

रामग्रामको विकासका लागि भएका कार्यक्रम मार्फत हुने प्रतिवद्धताले उक्त क्षेत्रको महत्व झन् बढ्दै गएको दाहालको भनाई छ । कोप २८ मा देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको दाहालले दाबी गरे ।

उनले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ०५ बजे