काठमाडौं । यू-१९ एसिया कप अन्तर्गत भारतविरूद्ध नेपालले कमजोर ब्याटिङ गरेको छ।
दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो।
पाँच ओभरदेखि विकेट गुमाउन थालेको नेपालको दश ओभर चल्दा महत्वपूर्ण छ विकेट पतन हुँदा सुरूमै संकटमा परेको थियो।
पहिलोदेखि छैटौं विकेट गुमाउँदा नेपालले १२ रन मात्र जोड्न सकेको थियो। नेपालविरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले सुरूवातदेखि नै घातक बलिङ गरेका थिए।
नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
प्रतिक्रिया