Logo

Breaking News 1

देव र गुलशन आउट भएसँगै नेपालको लज्जास्पद ब्याटिङ



काठमाडाैं । नेपालले एसिसी यू१९ एसिया कपमा भारतविरुद्ध लज्जास्पद सुरुवात गरेको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा २१ रन बनाउन ६ विकेट गुमाएको छ ।

नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर क्याच आउट हुन पुगेका थिए । विकेटकिपर उत्तमथापा मगर राजकै बलमा शून्यमा बोल्ड भए । इनस्वींग बल चाल नपाउँदा उनी बोल्ड आउट भएका थिए ।

अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए ।

कप्तान देव खनाल नवौं ओभरमा २ रनमा क्याच आउट भए । राजको नवौं ओभरको पाँचौं बलमा देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किएका छन् ।

शुक्लाको दशौं ओभरको पाँचौं बलमा गुलशन ४ रनमा एलबीडब्लू आउट भए । गुलशन आउट हुँदा नेपाल ९.५ ओभरमा २१-६ को दयनीय अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : २९ बजे