Logo

खेलकुद

एनएसएल : पोखरामाथि काठमाडौंको जित



काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले पोखरा थन्डर्समाथि जित निकालेको छ ।
सोमवार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा पोखरा काठमाडौंसँग २–१ गोल अन्तरले पराजित भयो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५७ औँ मिनेटमा आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।
तर खेलको ८२ औँ मिनेटमा काठमाडौंका जुनियर एनकेनगेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा काठमाण्डौका जोकिर शोख्रुखले गोल गर्दै टोलीलाई २–१ ले जिताए ।

जितसँगै काठमाण्डौ ५ खेलमा ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा ५ खेलमा ८ अंकसहति तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : २० बजे