Logo

Breaking News 1

संसद सेवा दिवसको अवसरमा रक्तदान



काठमाडौं । १७औं संघीय संसद सेवा दिवस–२०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत संकलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

संघीय संसद् सेवा दिवस मूल समारोह समितिले संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  २ : ०० बजे