Logo

Breaking News 1

यू– १९ एसिया कप : २४ रन बनाएर पेभेलियन फर्किए देव खनाल



काठमाडौँ । एसीसी यू– १९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको हो ।

उनी २४ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३७ बलमा एक चौका हिर्काए । उनलाई अफगानिस्तानका बलर खलिल अहमदले नुमश शाहद्वारा क्याच गराए । नुमन शाहले लिएको यो तेस्रो क्याच हो । देव आउट हुँदा नेपालले १५.१ ओभरमा ६८ रन बनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ०४ बजे