Logo

Breaking News 1

पहिलो ओभरमै गुल्सन झाले लिए पाकिस्तानको विकेट


२२ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ ।

पहिलो ओभरको तेस्रो बलमा नेपाली बलर गुल्सन झाले विकेट लिएका हुन् । 

उनले पाकिस्तानी ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराए । गुल्सनले आफुले गरेको बलिङमा आफैले क्याच लिएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ३२ बजे