Logo

Breaking News 1

वीरेन्द्रनगरको शिव सुन्दर स–मिलमा लागेको आगलागी नियन्त्रणमा



काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स–मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । 

चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए । 

‘स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जलेका छन्,’ डीएसपी शाहीले भने, ‘के–कति क्षति भयो यसको विवरण टिप्ने काम भइरहेको छ ।’

देवीलाल पौडेलको उक्त स–मिलमा बिहान साढे ५ बजे विद्युत् सट भएर आगलागी भएको थियो । काठ र काठको धुलो ठूलो परिमाणमा भएकाले आगो नियन्त्रणमा लिन समय लागेको डीएसपी शाहीले बताए । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ९ : २५ बजे