Logo

Breaking News 1

शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको नेपालको अर्थतन्त्र र शासकीय सुधारको बिषयक अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शासकिय प्रणाली सुधार गर्नेबारे छलफल थालेको र शासकीय सुधार आयोग गठन गरेर आवश्यक समिक्षा गरिने बताउनुभएको हो ।

यसपटक सरकारको नेतृत्व गर्दै जाँदा प्रशासनको सुधारमा ध्यान केन्द्रीत रहेको र अहिलेसम्मका आउदा बिविध कारणले खासै प्रगति नदेखिएको उहाले बताउनुभयो ।

उहाले अव प्रशासनमात्रै नभएर समग्र शासकीय सुधारमा नै सरकारको ध्यान रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष रुपमा सेवा प्राप्तको अनुभव नगर्न नसके जनताको भरोषा टुट्दै जाने भएकाले तत्काल जनतामा सेवा प्रवाह गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तैै प्रधानमन्त्री प्रचण्डले छिटै नीति कार्यक्रमको तर्जुमा र नयाँ बजेटको तयारी गर्नुपर्ने भन्दै अर्थतन्त्रको सुधारहरुका उपायहरु अवलम्वन गर्दै अघि बढिने जिकिर गर्नुभयो ।

उहाले सरकारले बिभिन्न क्षेत्रको सुधारका लागि धेरै प्रयास गरेको तर परिणाम जनता सन्तुष्ट हुने ठाँउसम्म पुग्न नसकेको बताउनुभयो । अर्थतन्त्रको समस्या पनि पूर्ण रुपमा समधान नभएपनि सुधारउन्मुख नै रहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  २ : ४० बजे