Logo

Breaking News 1

गाजाको कमल अड्वान अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको आरोप



गाजा । गाजाको कमल अड्वान अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको आरोप लागेको छ । इजरायली सेनाले कमल अडवान अस्पताललाई घेरेर आक्रमण गरेको गाजाको स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ । 

जसलाई मन्त्रालयले ‘नरसंहार’को संज्ञा दिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको कमल अड्वान अस्पतालमा नरसंहार’को संज्ञा दिएको छ ।  जहाँ इजरायली सेनाले ट्याङ्क र स्नाइपरहरूकाको सुविधामा घेरेर गोली प्रहार गरिएको मन्त्रालयको दाबी छ । 

‘अस्पतालभित्र करिब ७ हजार प्यालेस्टाइनीहरू आश्रयमा छन्,’ स्वास्थ्य मन्त्रालयका महानिर्देशक मुनिर अल–बुर्शले भने, ‘इजरायली सेनाको आक्रमणले अस्पतालको वरपरका क्षेत्रमा पहिला नै १०८ व्यक्तिको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् ।’

उनले थप भने, ‘हामीलाई कमल अडवान अस्पतालभित्र नरसंहारको डर छ, अल–शिफा अस्पता र इन्डोनेसियाली अस्पतालकै अवस्था दोहोरिनेमा ।’ 

कमल अडवान अस्पताल गाजा पट्टीमा अझै पनि सञ्चालनमा रहेका ६ वटा अस्पतालहरू मध्ये एक हो । अस्पतालहरूले न्यून श्रोत र बारम्बार बिजुली अवरुद्ध हुँदा दैनिक सयौं घाइतेको उपचार गरिरहेका छन्।
 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : ०५ बजे