Logo

Breaking News 1

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

महाधिवेशन काठमाडौंमा गरिनेछ । यसअघि, माघको १४–१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : ०३ बजे