Logo

Breaking News 1

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत् तथ्यांक संकलन तथा सुपरिवेक्षण गर्न कर्मचारी मागिएको महागरले जारी गरेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणाली सुपरिवेक्षक पदमा आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : २५ बजे