Logo

Breaking News 1

रास्वपाको केन्द्रिय समिति र दलको बैठक आज पनि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ । पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ ।

सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका थिए । जसअनुसार आज बिहान सुरूमा केन्द्रीय समिति बैठक बस्नेछ भने त्यसपछि संसदीय दलको बैठक बस्नेछ ।

हिजो देखी सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका अजेन्डा रहेका छन् ।

सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ । उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ११ बजे