Logo

विश्व

उत्तरी गाजाका २४ मध्ये ४ अस्पताल मात्रै सञ्चालनमा : संयुक्त राष्ट्र



गाजा । उत्तरी गाजामा हाल ४ अस्पताल मात्रै सञ्चालनमा रहेका छन् । युद्धअघि उत्तरी गाजामा सञ्चालनमा रहेका २४ अस्पतालमध्ये चारवटा मात्रै सञ्चालित रहेका हुन् ।

संयुक्त राष्ट्रसंघीय निकाय ओसीएचएका अनुसार ४ अस्पतालले मात्रै बिरामीको उपचार गराइरहेको र उनीहरू पनि संकटमा रहेको जनाएको छ ।

जसअनुसार गाजाका अस्पतालहरूको शैयाको क्षमता युद्ध अघिको ३,५०० बाट घटेर हाल १,४०० मा सिमित भएको छ ।

यसैगरी, दक्षिणमा रहेका ११ वटा मेडिकल सुविधाहरूमध्ये ८ हाल सञ्चालनमा रहेको राष्ट्र संघले जनाएको छ ।

तर, अस्पतालमा उपचार खोज्नेहरूको संख्या भने बढ्दै गएको संयुक्त राष्ट्र संघले जनाएको छ । उता, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिणमा हाल कार्यरत अस्पतालहरू मध्ये एउटा मात्रै गम्भीर आघातका बिरामीहरूको उपचार गर्ने वा जटिल शल्यक्रिया गर्ने क्षमता राखेको छ ।


 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : २३ बजे