Logo

अर्थ

महोत्तरीमा सबैभन्दा बढी कर तिर्नेलाई करदाता सेवा कार्यालयको सम्मान



महोत्तरी । महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने ४ जनालाई करदाता सेवा कार्यालयले सम्मान गरेको छ । करदाता सेवा कार्यालय जनकपुर र बर्दिवासले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका उत्कृष्ट कर तिर्ने व्यापारी तथा संस्थाहरुलाई सम्मान गरेको हो ।

१२ औ कर दिवसको अवसरमा महोत्तरी कै सवैभन्दा बढी कर दाखिल गरेवापत आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा रक्षा टेडर्स एण्ड सप्लायर्सका संचालक कुमार भण्डारीलाई सम्मान गरेको छ भने बर्दिवास सेवा कार्यालयले अन्य ३ जनालाई पनि सम्मान गरेको छ ।

बर्दिवास सेवा कार्यालयवाट सम्मानित हुनेहरुमा महिला केन्द्र बहुउदेश्य सहकारी संस्था, भावना आयल स्टोर्स र विकि कुखुरा तथा मतस्य फर्म गौशाला रहेका छन ।

बर्दिवास सेवा कार्यालय अन्तर्गत गौशाला नगरपालिका, बर्दिवास नगरपालिका र मिथिला नगरपालिका निर्धारण गरिएको छ ।

जसमध्य धनुषाको मिथिलावाट पनि ३ वटा संस्था सम्मानित भएका छन । सम्मानित हुनेहरुमा पशुपति प्लाई बोर्ड उधोग प्राली, लालगढ मेडिकल हस्पिटल र मिथिला लघुबित्त वित्तिय संस्था रहेको करदाता सेवा कार्यालयका प्रमुख रवि श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : १० बजे