Logo

Breaking News 1

आन्दोलन स्थलमा मोबाइल सम्पर्क विच्छेद गराउन जामर प्रयोग



काठमाडौं। नेपाल प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा जामर प्रयोग गरेको छ । आन्दोलन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न प्रहरीले यी क्षेत्रमा जामर प्रयोग गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शनस्थल बल्खु र नेकपा एमाले निकट युवा संघको प्रदर्शनस्थल तीनकुनेमा पनि एक-एक थान जामर भेहिकल सञ्चालन गरिएको हो ।

जामर प्रयाेग गरिएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १ : ५५ बजे