Logo

Breaking News 1

नवजात शिशुको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा घेराउ



धनगढी। नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् । 

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको माग राखेर आफन्तले अस्पताल घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका हुन् । 
 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १२ : २१ बजे