Logo

Breaking News 1

जलवायु परिवर्तनका कारण भविष्यमा जलवायु संकट र जोखिम अझै बढ्ने निश्चित छ : प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जलवायु परिवर्तनका कारण भविष्यमा जलवायु संकट र जोखिम अझै बढ्ने निश्चित रहेकाे बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै प्रधानमन्त्री “प्रचण्ड”ले यस्तो बताएका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको प्रावधानअनुरूप नेपालले जलवायु उत्थानशीलता अभिवृद्धि गर्न उपयुक्त नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था र कार्यक्रमहरू तर्जुमा तथा कार्यान्वयन गरेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ५९ बजे