Logo

अर्थ

भूकम्प प्रभावितलाई चिनिया दुतावासले दियो १ करोड



काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ ।

शुक्रबार काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित कार्यक्रममा राजदूत चेन सङले उक्त रकम नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिंह ऐरलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत सोङले नेपाल र चीन असल छिमेकी भएको भन्दै एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा रहेको बताए । नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष ऐरले सहयोगप्रति आभार प्रकट गर्दै नेपाल रेडक्रस सोसाइटीले भूकम्प लगतै तत्काल सहयोग शुरु गरेको र प्राप्त रकम भूकम्प प्रभावितहरूको सहयोगमा उपयोग गरिने बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : २१ बजे