Logo

Breaking News 1

बंगलादेशमा जनवरीमा संसदीय निर्वाचन


३० कार्तिक २०८०, बिहिबार  

46
Shares

काठमाडौं । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुने भएको छ । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले १२औं संसदीय निर्वाचन जनवरीमा हुने बताएका छन् ।

टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उमेदवारहरुले नोभेम्बर अन्तिमसम्म उमेदवारी दर्ता गर्नुपर्नेछ । उमेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ ।

उम्मेदवारहरूले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १० : १९ बजे