Logo

Breaking News 1

इजरायलद्वारा गाजाको सबैभन्दा ठूलो अस्पतालमा आक्रमण


२६ कार्तिक २०८०, आइतबार  

69
Shares

गाजा । इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ । सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् ।

एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ ।

गाजाका उपस्वास्थ्य मन्त्री युसेफ अबु अल९रिशले एएफपीलाई भने, ‘अधिग्रहणकर्ता इजरायलले अल सिफा अस्पतालको हृदय रोग विभागलाई पूर्ण रूपमा ध्वस्त पारेको छ ।’

उनका अनुसार सो बिभागको दुई तले भवन हवाई हमलामा पूर्ण रूपमा ध्वस्त भएको छ। प्रत्यक्षदर्शीहरूले आक्रमणको पुष्टि गरेका छन, जसलाई एएफपीले स्वतन्त्र रूपमा प्रमाणित गर्न नसके जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ३७ बजे