Logo

Breaking News 1

धरानमा विमानस्थल निर्माण गर्न कार्यदल गठन


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौँ । धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

प्रबन्धक ई.नलबिक्रम थापाको संयोजकत्वमा गठीत तीन सदस्यीय कार्यदलमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य छन् । कार्यदललाई विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरि यथासक्य छिटो प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : २६ बजे