Logo

Breaking News 1

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै


२३ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ। बैठक वनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा दिउँसो १ बजे बस्नेछ।

बैठकमा गत शुक्रबार जाजरकोटमा गएको भूकम्पमा पार्टीले गरेका कार्य, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःनिर्माणमा सरकारको जिम्मेवारीबारे समीक्षा तथा पार्टीको महाधिवेशन प्रक्रियासम्बन्धी छलफल गरिने बताईएको छ ।

यसअघि रास्वपाले संयुक्त बैठक मधेश प्रदेशको बारा, सिराह र महोत्तरीमध्ये एक जिल्लाको ग्रामिण स्थानमा हुने भनिएको थियो । तर विनासकारी भूकम्पका कारण रास्वपाले उक्त बैठक स्थगित् गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ११ : १९ बजे