Logo

Breaking News 1

१४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय


२२ कार्तिक २०८०, बुधबार  

92
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकोे सचिवालय बैठकले १४ मंसिरदेखि तीन साता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

सो अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने एमालेले जनाएको छ ।
 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ५६ बजे