विराटनगर। नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने तर, विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ ।
एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन फिर्ता लिएपनि विश्वासको मत कायमै रहेकाे बताए ।
दलकाे बैठकमा बाेल्ने सांसद बुद्धिकुमार राजभण्डारीलगायत केही सांसदले भने एमाले सांसदकाे सहयाेगमा बनेकाे सरकारमा जानुपर्ने बताएका थिए ।
यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयाेग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयाेग गर्ने, दूधकाे बजार व्यवस्थापन गर्न माग गर्नेलगायतकाे निर्णय गरेकाे भण्डारीले बताए ।
प्रतिक्रिया