काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा एक सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीनरतीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनालाई काठमाडौं ल्याएर उपचार शुरु गरिएको छ ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जुटेको छ । शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया