Logo

Breaking News 1

भूकम्प प्रभावितको उद्धार र राहतबारे निर्णय लिन गृह मन्त्रालयमा बैठक


१८ कार्तिक २०८०, शनिबार  

69
Shares

काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा उपचारको लागि  आवश्यक निर्णय गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक जारी छ । 

प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरूसहितको बैठक सिहंदरबारमा बसेको हो । 

बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे निर्णय लिने बताइएको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : २९ बजे