काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शुक्रबारको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई सात विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ शुरु गरेको नेदरल्यान्ड्सले ४६ दशमलव ३ ओभरमा अलआउट हुँदै १७९ रन मात्रै बनाएको थियो । अफगानिस्तानले ३१ दशमलव ३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
जितसँगै सात खेल खेलेको अफगानिस्तान पाकिस्तानलाई उछिन्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । चार जित र तीन हारको नतिजा निकालेको अफगानिस्तानले आठ अंक बटुलेको छ ।
सात खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स भने तालिकाको आठौँ स्थानमा रहँदै विश्वकपको उपाधि होडबाट बाहिरिने दोस्रो टोली बनेको छ ।
प्रतिक्रिया