Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० कार्तिक १७ गते


१७ कार्तिक २०८०, शुक्रबार  

115
Shares

आज मिति २०८० कार्तिक १७ गते, शुक्रबार, ३ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष षष्ठी तिथि। आर्द्रा नक्षत्र, ८ः२७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन।

मेष राशि

हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

बृष राशि

आलोचकहरूले दुःख दिनेछन्। व्यवहारले सबैलाई समेट्ने प्रयास गर्नुहोला। काम रोकिने सम्भावना देखिएकाले योजना गोप्य राखेर अघि बढ्नुहोला।

मिथुन राशि

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ।

कर्कट राशि

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ।

सिंह राशि

कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ।

कन्या राशि

पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।

तुला राशि

परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्।

बृश्चिक राशि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।

धनु राशि

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।

मकर राशि

हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ। भौतिक साधन जुट्नेछन्।

कुम्भ राशि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला।

मीन राशि

बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ५ : १८ बजे