Logo

Breaking News 1

राज्य सञ्चालनको कार्य थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै गम्भीर हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक समापन गर्नुअघि उनले लोकतन्त्रमा थप योगदान दिन सक्ने गरी संसद्लाई अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले आउँदा दिनका संसदीय गतिविधिलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । चालु अधिवेशनमा संसदीय काम–कारबाहीले गति लिएको उनको भनाइ छ ।

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन बिहीबारै (आज) राति १२ बजेदेखि अन्त्य हुँदै छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ४ : ५२ बजे