Logo

Breaking News 1

देश टाइटनिक डुबेजस्तै डुब्दै छः सिके राउत


१६ कार्तिक २०८०, बिहिबार  

69
Shares

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले देश केही निहीत स्वार्थ बोकेका नेताहरुले चलाईरहेको दाबी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ आएका राजनीतिक दलहरुप्रति नकरात्मक भाष्य निर्माण गरेर पुराना दलहरुले निषेधको राजनीति गर्न खोजेको उनको भनाई छ । उनले केही नेताहरुका कारण नेपाल टाइटनीक जहाज डुबे जस्तै डेब्दै गएको दाबी गरेका छन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे ।

अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने उनले बताए । चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनको भनाइ छ । अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : ३५ बजे