Logo

Breaking News 1

राष्ट्रियसभा बैठक बस्दै, विद्युत व्यापार विधेयकको प्रतिवेदन पेश हुने


१६ कार्तिक २०८०, बिहिबार  

23
Shares

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिहिवारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ ।

साथै, विधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘विद्युत व्यापार विधेयक २०८०’ सबन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ५१ बजे