Logo

Breaking News 1

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान


१५ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौँ। संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो ।

पौड्याल उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।

समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरूमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्नुभयो । सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।

उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिए । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने छ। समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १ : २७ बजे