Logo

Breaking News 1

राष्ट्रसंघको महासचिवको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु


१५ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक असईको मृत्यु भएको छ । प्रसनी टिकाराम ढुंगानाको मृत्यु भएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका ढुंगानाको लेक लागेर मृत्यु भएको बताइएको छ । उनी १२ कार्तिकमा बेसक्याम्पमा गएका हुन् ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाले आर्मी र प्रहरीको टोली लिएर एविसी गएका थिए । गुटेरेसको भ्रमण सकिएपछि असई ढुंगाना सहितको सुरक्षा टोली मंगलबार पैदल हिँडेर पोखरा फर्किंदै थिए ।

ढुंगाना अन्नपुर्ण गाउँपालिका–११ स्थित हिमालयन होटलमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि एयर डाइनेस्टिको हेलिकप्टरमार्फत उनलाई पोखरा ल्याएको एसपी थापाले बताए । उनी भन्छन्– ‘उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् ।’

मृतक ढुंगाना पर्वतको मोदी गाउँपालिका–६ का स्थानीय हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १२ : ०८ बजे