काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमले सूचना जारी गर्दै डिजेल र मट्टीतेलको मुल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ ।
निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको हो । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आएपनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
प्रतिक्रिया