Logo

Breaking News 1

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्क भन्ने अवस्था तत्काल छैन: महामन्त्री शर्मा


१४ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौं। नेपालको वर्तमान अवस्था र अबको बाटोबारे अमेरिकामा सर्वपक्षीय छलफल गरिएको छ।

न्युयोर्कमा गत आइतबार नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको अन्तर्क्रियामा नेपालका मुख्य राजनीतिक दलहरूसँग निकट प्रवासी संगठनहरूमा आबद्ध पदाधिकारीलगायत सहभागी थिए।

अन्तर्क्रियामा विभिन्न जातीय र धार्मिक संघसंस्था र न्युयोर्कमा रहेका नेपालीहरू समेत उपस्थित थिए।

नेपालको वर्तमान राजनीतिक, आर्थिक, सामाजिकलगायत विषयहरूमा केन्द्रित रहेर अन्तर्क्रिया गरिएको हो।

अन्तर्क्रियाका सहभागीहरूले नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकालाई अझै विस्तारित र स्थापित गरिनुपर्नेमा जोड दिए।

अन्तर्क्रियामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीलाई ‘नेपाल फर्क’ भन्ने अवस्था तत्काल नरहेको बताए।

उनले नेपालमा अहिलेको प्राथमिकता जलविद्युत उत्पादन वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि रहेको बताए।

व्यवस्थामा परिमार्जन र अवस्थामा परिवर्तन नेपालको आवश्यकता भएको उनको भनाइ थियो।

अन्तर्क्रियामा सोसलिस्ट इन्टरनेशनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष खगेन्द्र जिसी, एनआरएन न्युयोर्क अध्यक्ष हेमन्त मल्ल, नेकपा (एमाले) निकट प्रवासी मञ्चका अध्यक्ष कृष्ण लामिछाने, नेकपा माओवादी केन्द्र निकट प्रवासी मञ्च अमेरिका-क्यानाडा प्रमुख याम लामा, आदिवासी जनजाती महासंघका अध्यक्ष टोमा लामालगायतले धारणा राखेका थिए।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : ५४ बजे