Logo

Breaking News 1

बाम एकताका लागि शुक्लागण्डकीमा संयुक्त कमिटी गठन


११ कार्तिक २०८०, शनिबार  

0
Shares

तनहुँ। बाम शक्तिहरू एकताका लागि तनहुँको शुक्लागण्डकीमा संयुक्त कमिटी गठन भएको छ । उनीहरुले नगरभित्रको बाम शक्तिलाई एकताबद्ध बनाउन पहल गर्नेछन् । कमिटीको संयोजकमा नेकपा एमालेका मुक्ति तिम्सिना छन् भने सह संयोजकमा नेकपा माओवादीका मनराज गुरुङ छन् । 

बाम शक्तिका नेताहरू सम्मिलित ११ सदस्यीय कमिटी गठन गरिएको नेकपा माओवादीका नेता तथा शुक्लागण्डकी नगरपालिकाका मेयर खुमबहादुर विकले जानकारी दिए ।

एमाले, माओवादी, एकीकृत समाजवादी लगायत सबै पार्टीलाई एकीकरण गर्ने तयारी उनीहरूको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १२ : ५१ बजे