Logo

Breaking News 1

राष्ट्रपतिसँग चीनका राजदूतले गरे शिष्टाचार भेट



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ५ : ५० बजे