Logo

मुख्य समाचार

राजादेखि विप्लवसम्म अटाउने व्यवस्था आवाश्यक : कमल थापा



ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि बिप्लब माओवादीसम्म सबै अटाउने राज्य ब्यबस्था नल्याय मुलुक थप सड्ढटमा फस्ने चेतावनी दिएका छन् । थापाले सबैलाई समुचित स्थान नदिने र निशेधको राजनीति कायम राखिराख्ने हो भने जनताले अब सडकबाटै ब्यबस्था परिवर्तन गर्ने बताए ।

मुकुकमा अहिले कायम भ्रष्टतन्त्र, कुशासन , बेरोजगारी ,धर्मपरिबर्तनको अन्त्यलाई अब कसैले रोक्न नसक्ने बताउदै थापाले जनता जागे पछि कसैको केही नलाग्ने जिकिर गरे ।

‘जनता वाक्क दिक्क छन् , मनपरितन्त्र हाबी छ, भ्रष्टाचारले सिमा नागेको छ,यस्तो बेलामा जनता टुलुटुलु बस्छन् भनेर सोच्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, अब जनताले बिकल्प खोज्छन्’ थापाले भने ।

देशको स्वाधिनता र स्वाभिमान कमजोर भन्दै थापाले आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त सरकारले स्वाधिनताको रक्षा गर्न नसक्ने दाबी गरे । राप्रपा नेपाल आन्दोलनको माध्यमबाट मुकुकको ब्यबस्था र अबस्था  परिबर्तन गर्न अगाडी बढ्ने स्पष्ट पार्दै थापाले राप्रपा नेपालको एजेन्डा स्थापित गर्दा कसैले अपमानित र निशेधको अनुभुती गर्नु नपर्ने ,सबैलाई सम्मान हुने बताए । 

लोकतन्त्र ,हिन्दुत्व,सुशासन  र  समृद्धिको बाटोबाट मुलुकलाई अगाडि बढाईने हुँदा अब सबै नेपाली जनताको साथ र सहयोगमा आन्दोलन केन्द्रित हुन र सहयोगको निमित्त जनमानसमा आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल ,भाष्कर भद्रा, श्याम धिमिरे,श्याम नेपाल ,सुदर्शन केसि लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : १२ बजे